United Reference Laboratory (URL) Third Anniversary Ceremony

पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले आफ्नो बार्सिकोत्सब बिहिबार एक बिशेष कार्यक्रम को आयोजना गरि मनायको छ। सो अबसरमा युआरएल पत्रकारिता पुरस्कार स्थापना समेत स्थापना गरिएको छ। आगामी वर्षबाट हरेक वर्ष प्रदेश नं ४ मा स्वास्थ्यसम्बन्धी बिटमा क्रियाशील एक पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको राशी नगद १५ हजार, ताम्रपत्र र दोसल्ला रहनेछ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गरी उच्च स्तरको सेवा दिनु प्रशंसनीय भएको उल्लेख गरे। ‘सेवाका साथसाथै पत्रकारिता पुरस्कार स्थापना हुनु निकै राम्रो कुरा हो उनको भनाइ थियो।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेल , कार्यक्रममा युआरएलका निर्देशक सुशील थापा , वरिष्ठ फिजिसियन डा. मुकुन्दप्रसाद आचार्य, नेपाल मधुमेही समाज कास्की नेपालका अध्यक्ष कृष्णप्रसाद बराल , मार्फा थकाली सेवा समितिका पूर्व अध्यक्ष समाजसेवी नरेन्द्र लालचन लगायतले बोलेका थिए।

प्रालिको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष पुरस्कार प्रदान गरिने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। उनले युआरएलले नाफाको २५ प्रतिशत सामाजिक क्षेत्रमा लगानी गरिएको जानकारी दिँदै यो अवधिमा ६० हजार बढी सेवाग्राहीलाई सेवा दिइसकेको जानकारी दिए। पन्तले युआरएलमा हुने परीक्षण, यसको गुणस्तर, कर्मचारीको दक्षता, प्रयोग भएको प्रविधि र सेवाग्राहीको विश्वासले आफूहरु यहासम्म आएको बताए। उनले भने–‘यी सबै कुराले हामी चार नं प्रदेशको अग्रणी प्रयोगशालामा दर्ज भएका छौं।’

युआरएलका निर्देशक दिनेशबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ऋषि खतिवडाले गरेका थिए।