पुरुषहरुले होँची महिला यसकारण मन पराउँछन्

विवाहका लागि उपयुक्त जोडी मिलाउनका लागि चिना कुण्डली मिलाउने देखि लिएर हुनेवाला बेहुला बेहुलीको रुपरँग तथा जिउडाल र कद समेत मिलेको छ छैन भन्ने कुरालाई महत्व दिइन्छ । पति पत्नीको जिउको उचाइमा धेरै भिन्नता
नहोस् र कद मिल्दोजुल्दो भएमा जोडी जम्छ भन्ने मान्यता छ । तर दक्षिण कोरियामा गरिएको एक अनुसन्धानले भने यसको ठीक विपरित नतिजा निकालेको छ ।

सिओलस्थित कोन्कुक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार लोग्ने स्वास्नीबीचको उचाइको अन्तरले आपसी प्रेममा वृद्धि गर्दछ । ७८५० जना महिलाहरुमा गरिएको सर्भेक्षणबाट यो कुरा पत्ता लागेको छ की
पतिको उचाइ पत्नीको तुलनामा निकै बढी भएमा त्यस्ता पुरुषहरु असल पति सावित हुन्छन् अनि त्यस्ता श्रीमतीहरु दाम्पत्य जिवनमा निकै खुसी पनि हुन्छन् । वास्तवमा दाम्पत्य जिवनमा महिलाहरु खुसी हुनु भनेको त्यस्तो सम्बन्धमा पुरुषहरु सन्तुष्ट तथा खुसी छन् भन्ने कुराको द्योतक हो । आखिर पुरुषहरु होँची महिलालाई
किन पहिलो रोजाइमा पार्छन् त ? यसका केही कारण यस्ता छन्:

शक्तिशाली अनुभुती गर्छन्

सम्बन्धलाई सही ढंगले अघि बढाउने नबढाउने भन्ने कुरा धेरै हदसम्म एकअर्काको सोँचमा निर्भर गर्दछ । आफुभन्दा कम उचाइका महिला पार्टनर पाउँदा पुरुषहरुमा आफु शक्तिशाली भएको अनुभुति जाग्दछ ।

यस्ता पुरुषहरु यो कुरामा ढुक्क बन्दछन् की उनीहरु उचाइलाई हतियार बनाएर श्रीमतीलाई आफ्ना कुरामा सजिलै मनाउन सक्छन् । पुरुषहरु विस्तारै डोमिनेटिंग अर्थात् हेँपाहा चरित्रका बन्दछन् र यसलाई महिलाले पनि सहजै
स्विकार गर्छन् ।

असुरक्षित महसुस गर्दैनन्

अग्ला पुरुषलाई लाग्छ की उनका होँचा पार्टनरलाई हरेक बखत उनीहरुको संरक्षणको आवश्यकता हुन्छ । जसका कारण
उनीहरु आफ्नी महिला पार्टनरलाई बढि सुरक्षा तथा हेरचाह गर्दछन् । उनीहरु महिला पार्टनरको बारेमा आफुलाई कुनैपनि ढंगले असुरक्षित ठान्दैनन् र आशंका पनि गर्दैनन् ।

अंकमाल गर्न मज्जा आउँछ

यदि श्रीमती आफुभन्दा अग्लो हुनेहो वा आफ्नै हाइटको हुनेहो भने अंकमाल गर्न त्यति सजिलो तथा सहज लाग्दैन पुरुषहरुलाई । उनीहरु आफुभन्दा होँची महिलासँग अंकमाल गरेर दह्रोसँग अँगालोमा लपेट्न चाहन्छन् र आत्मीयता बढाउँछन् ।

अग्ला महिला घमण्डी हुन्छन् भन्ने भावना

अध्ययनले के देखाएको छ भने होँचा महिलाको तुलनामा अग्ला महिलाहरु बढि आत्मविश्वासी हुन्छन् र उनीहरुको आत्मविश्वास कहिलेकाहीँ प्रतिशोध तथा घमण्डको रुपमा पनि प्रकट हुनसक्छ । त्यसैले पनि पुरुषहरु इगो समस्याका कारण अग्ला महिलालाई रोजाइमा पार्दैनन् र होँचो कदका महिला नै रोज्दछन् ।

सहवासमा सन्तुष्टि

पुरुषहरुले होँचो कदका महिला यसकारण मन पराउँछन् की होँचा महिलाहरुले सेक्समा राम्रोसँग इन्जोए गर्छन् । कम उचाइका कारण उनीहरुको वजन पनि कम नै हुन्छ जसले सहवास सन्तुष्टिको लागि पुरुषलाई सजिलो पार्दछ । त्यसैले आफ्नो यौन जिवनको सन्तुष्टीका खातिर पनि पुरुषहरु होँचो कदका महिला मन पराउँछन् ।

दुनियाले र्‍याल काढून

अग्लो पुरुष र अलिक होँची महिलाबीचको जोडी निकै पर्फेक्ट हुन्छ र यो जोडीप्रति धेरैको नजर जान्छ । कम उचाइका महिलाको फिगर आकर्षक तथा कामुक हुन्छ, जुन बढि अग्ला महिलामा पाइँदैन । सुन्दरताका साथसाथै पर्फेक्ट बडी फिगरका कारण जोडी जमेको दुनियालाई देखाउन पनि पुरुषहरु होँची महिला रोज्दछन् । एजेन्सीको सहयोगमा