चापापानीमा निःशुल्क रक्त परीक्षण

पोखरा, १२ चैत। मार्फा थकाली युवा सञ्जालको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) को प्राविधिक सहयोगमा बिहीबार पोखराको चापापानीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

शिविरमा तीन सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। गोपी हिराचनले मुटुरोग, मृगौला, मधुमेह, स्तन क्यानसरका रोगीहरू दिन प्रति दिन बढ्दै गइरहेकोले जनचेतना फैलाउन अत्यन्तै जरूरी रहेको बताए। रोगबाट बच्नको लागि खानपानमा ध्यान दिनुपर्ने, नियमित व्यायाम गर्ने, डाक्टरको सल्लाह विना कुनै पनि औषधी सेवन गर्न नहुने सुझाव दिए ।

मार्फा थकाली युवा सञ्जालका अध्यक्ष देवकुमारी हिराचनले समाजमा सेवा गर्नुसंस्थाको मुख्य उदेश्य रहेको बताउँदै स्थापना कालदेखि नै विभिन्न कार्यक्रममार्फत समाजमा सेवा गरिरहेको बताए।

युनाइटेड रेफरेन्स ल्याबोरेटरीका म्यानेजिङ डाइरेक्टर ठाकुर प्रसाद पन्तले मानिसहरूले आफूलाई लागेको रोग लुकाउने हुँदा समयसँगै सानो रोगले पनि बिकराल रूप लिन सक्ने बताए। कुनै पनि रोगको लक्षण देखिए वा शङ्का लागे समयमा नै स्वास्थ्य परिक्षण गर्न उनले सुझाव दिए।

शिविरमा डा.गोपी हिराचन, डा.सुविता लालचन ज्वारचन, डा. विष्णु ज्वारचन, डा.स्मृति लालचन, डा. संजी लालचन, डा. निरू हिराचन, डा.सुजिता हिराचनलगायतको टोलीले मुटुरोग, स्तन क्यान्सर, दन्त रोग, मृगौला, मधुमेहसम्बन्धी निःशुल्क परीक्षण गरेका थिए। सोहि अवसरमा संस्थाको टेलिफोन डाइरेक्कट्री लोकापर्ण पनि गरियो।

कार्यक्रममा मार्फा थकाली समाजका अध्यक्ष लक्ष्मण लालचन, समाजका पूर्व अध्यक्ष ईश्वर लाल हिराचन, समाजसेवी नरेन्द्रमान लालचन, राजेन्द्र कुमार लालचन, वीरेन्द्र हिराचन, उद्योगी पूर्णलाल हिराचनलगायतले बोलेका थिए। सञ्जालका उपाध्यक्ष सुकु हिराचनले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव सुशील ज्वारचनले गरेका थिए।

IMG_2108 IMG_2133 IMG_2147 IMG_2166 IMG_2179 IMG_2223  IMG_2234 IMG_2313