भद्रकालीमा निःशुल्क रक्त परीक्षण तयारी
पोखरा, ५ असोज। पोखरा युनाइटेड एकेडेमी उमावि पोखरा–१२, भद्रकाली र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) गिरी कम्प्लेक्स, न्युरोडको संयुक्त आयोजनामा आगामी शनिबार भद्रकालीमा मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त तथा पिसाब परीक्षण हुने भएको छ।
भद्रकाली ट्याक्सी एकाइ समिति, ढिकालेथर आमा समूह, ढिकालेथर सेवा समिति, ढिकालेथर टोल विकास संस्था, रानाभाट तथा भाट समाज कास्की र अमरसिंह व्यापार व्यवसायी समितिको सह–आयोजनामा हुने कार्यक्रममा मृगौला र मधुमेहबारे सचतनामूलक कार्यक्रम पनि हुनेछ। शिविरमा वरिष्ठ फिजिसियन डा तारा कोइरालाले मधुमेह र मृगौला रोग लाग्ने कारण र उपचार विधिबारे प्रकाश पार्ने छन्।
युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै सर्वसाधारणसम्म सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउन शिविरलाई निरन्तरता दिइएको जानकारी दिँदै शिविरमा सहयागी भएर लाभ लिन आग्रह गरेका छन्।