‘सेवाग्राहीको विश्वास जितेका छौं’

ठाकुरप्रसाद पन्त
प्रवन्ध निर्देशक
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)

प्रयोगशालाको क्षेत्रमा लामो अनुभव भएका केही व्यक्तिहरुको पहलमा पोखरामा २ वर्ष अगाडि युनाइटेट रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालि स्थापना भएको हो । स्थापनाको दुई वषमा नै युआरएल स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा पश्चिमाञ्चल क्षेत्रमा अग्रणी एवं लोकप्रिय बन्न सफल भएको छ । हामीले यस अवधीमा आम सेवाग्राही तथा चिकित्सकहरुको मन र विश्वास जित्न सफल भएका छौं । युआरएल संसारकै सर्वोत्कृष्ट प्रविधि रोस कोबास इफोर वानवानको इक्लिया प्रविधिमार्फत सञ्चालन हुँदै आएको छ ।
दुई वर्षको अवधिमा झण्डै ३ सय ५० भन्दा बढी चिकित्सकबाट युआरएलमा बिरामी रिफारिस गरिएको छ । झण्डै हालसम्म ३५ हजार भन्दा बढी सेवाग्राहीले यहाँबाट परीक्षण गरेका छन् । यहाँ अति संवेदनशील र जटिल किसिमका रक्तपरीक्षण हुँदै आएका छन् । जुन परीक्षण युआरएल खोल्नुभन्दा अगाडि राजधानी काठमाडौं लगायत छिमेकी मुलुक तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो । अहिले यो बाध्यता हटेको छ ।
युआरएलमा मुटु, कलेजो, फोक्सो, मृगौला, नशा, बाथ, सरुवा रोग, भिटामिन, क्यान्सर, बाझोपन, खानपिन तथा वातावरण सम्बन्धी एलर्जी, हिस्टोप्याथोलोजी, साइटोलोजी, माइक्रोबायोलोजी लगायतका परीक्षण हुँदै आएका छन् । सुरुमा ९ जना कर्मचारी तथा ३ करोड रूपैयाँ लगानीमा युआरएल सञ्चालनमा आाएको थियो । दुई वर्षको अवधिमा २० जना भन्दा बढी कर्मचारी राख्न सफल युआरएलमा ५ करोड रूपैयाँ भन्दा बढी लगानी पुगेको छ । सम्बन्धित विषयमा अनुभवी तथा विज्ञ १२ जनाको समूहले प्रयोगशाला सञ्चालनमा ल्याएका हुन् ।
प्रयोगशालामा सम्बन्धित विषयमा विशेषज्ञता तथा अनुभव हासिल गरेका ल्याव प्राविधिकहरुले परीक्षण गर्दै आएका छन् । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै प्रयोगशालालाई बिहान ७ देखि राती ९ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको छ । यहाँका सर्वसाधरण रोगप्रति सचेत छन् भन्ने उदाहरण युआरएलमा आफै आएर स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीबाट प्रमाणित भएको छ । रक्तपरीक्षण गर्ने मध्ये ४० प्रतिशत आफै प्रयोगशालामा आएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अन्य ल्याबबाट यहाँ प्रशस्त परीक्षणका लागि नमुना आउने गरेका छन् । एक सय भन्दा बढी ल्याबोरेटोरीले त्यहाँ सम्भव नभएका परीक्षण युआरएलमा ल्याउँछन् ।
युआरएलले नाफाको उद्देश्यमात्र नराखी सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ । हालसम्म पोखरा र आसपासमा १३ वटा निःशुल्क स्वास्थ्य शिविर एवं विशेष सहुलियतमा महङ्गा र जटिल मानिएका रोगको परीक्षण पनि गर्दै आएको छ । साथै आम सर्वसाधरणलाई स्वास्थ्य प्रति सचेत गराउनका लागि स्वास्थ्य सम्बन्धी सचेतना अभियानकै रूपमा चलाउँदै आएका छौं ।
युआरएलमार्फत पोखरा र आसपासमा सञ्चालनमा रहेका केही ल्यावको स्तरउन्नती गराउनका लागि प्राविधिक क्षमता अभिवृद्धिका तालिम दिने काम भएको छ । युआरएलले शिक्षा क्षेत्रको उत्थानका लागि पनि योगदान गर्दै आएको छ । यसैक्रममा पोखराको पुम्दीभुम्दीमा रहेको लिला निमाविमा २ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी छात्रवृत्ति दिने व्यवस्था भएको छ । कोषबाट जेहेन्दार, गरिब तथा असहाय विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति दिइनेछ । गरिब तथा असहाय बिरामीलाई हरेक परीक्षणमा १० देखि शतसप्रतिशतसम्म छुटको व्यवस्था छ । छुटबाट वार्षिक २५ प्रतिशत भन्दा बढी सेवाग्राहीले फाइदा लिएका छन् ।
पोखराको गौरवको रूपमा स्थापित युआरएल नेपालमै सबैभन्दा बढी रोगको परीक्षण गर्ने प्रयोगशाला बनेको छ । हृदयघात सम्बन्धी पूर्व जानकारी दिने एन्टि प्रो बिएनपी रक्त परीक्षण नेपालमा युआरएलमा मात्र हुन्छ । यो परीक्षणका लागि राजधानी लगायत अन्य ठाउँबाट रगतको नमुना यहाँ आउँछ ।
जटिल प्रकारका रोगको निदन गर्न रक्त परीक्षण नमुना राजधानी तथा विदेशमा पठाउनुपर्ने बाध्यता पोखरामा थियो । सोही बाध्यतालाई अन्त् गर्न युआरएलको जन्म भयो । रगतलाई टाढा पठाउँदा त्यसबाट आउने रिपोर्टमा पनि तापक्रमले गर्दा तलमाथि अर्थात नेगेटिभको पोजेटिभ र पोजेटिभको नेगेटिभ आउने खतरा रहन्थो । रिपोर्ट ढिलो आउँदा रोगको पहिचान हुनु भन्दा अगाडि नै अन्दाजमा औषधी खानुपर्ने बाध्यता थियो । नखादा रोगले च्याप्दै जाने अवस्था थियो भने कतिपय अवस्थामा रिपोर्ट आउनु अगावै सही किसिमको निदन नभइ औषधि दिँदा वा दिन नपाउँदा विरामीको मृत्युसमेत भएको अवस्था प्रशस्त थियो । यस्ता समस्यालाई देखेर हामी पोखराका र राजधानीका केही ल्याब सञ्चालकको संयुक्त लगानीमा युआरएल स्थापना भएको हो । रोग पहिचान गरी बिरामी तथा चिकित्सकलाई साथ दिने सोचका साथ यो संस्था स्थापना भएको हो ।

युआरएल स्थापना हुनुभन्दा पहिला जटिल रोगको रक्तपरीक्षण पोखरामा सम्भव थिएन । मासिक ८० लाख रूपैयाँ भन्दा बढी बराबरको जटिल रोगको रक्त परीक्षणका स्याम्पल राजधानी तथा भारत पुग्थ्यो । अहिले युआरएललगायत अन्य रिफरेन्स ल्याबको कारणले स्याम्पल बाहिर जाने क्रम ह्वात्तै घटेको छ । झण्डै मासिक ६० लाख रूपैयाँ बराबरको परीक्षण बाहिर जान रोकिएको छ । यहाँको अर्थतन्त्रलाई यही रोकिराख्न पनि सहयोग पुगेको छ । बिरामीलाई काठमाडौं पठाउनुपर्ने झन्झट कम गर्न हाम्रो योगदान छ । जटिल रोगका बिरामीलाई पनि रोग निदन गरी यहीँ उपचार गर्न पाउँदा धेरै चिकित्सकले खुसी व्यक्त गर्नुभएको छ । आफ्नै ठाउँमा रोगको पहिचान गरी उपचार गर्न पाउँदा बिरामीलाई पनि सहज भएको छ ।

नेपालको अन्य हस्पिटल तथा ल्याबोरेटरी सम्भव नभएका धेरै प्रकारका रोगका लागि रक्त परीक्षणहरु युआरएलले गर्दै आएको छ । हृदयघात सम्बन्धीको रक्त परीक्षण ‘एन्टी प्रोबिएनपी’ लगायत अन्य शरिरको कुनै पनि भाग क्यान्सर भए नभएको थाहा पाउने विभिन्न किसिमका ‘ट्युमर स्क्र्यानिङ’ परीक्षणहरु गर्दै आएको छ । शरिरमा कुनै पनि किसिमका भिटामिन सम्बन्धीका रक्त परीक्षण पनि युआरएलमा हुन्छ । प्याथोलोजिष्टदेखि बायोकेमिष्ट, टेक्नोलोजिष्ट र टेक्निसियन चार प्रकारका प्राविधिक सहित दक्ष कर्मचारी राखेका छौं ।