विन्ध्यवासिनीमा मधुमेह तथा मृगौला शिविर हुने

पोखरा, २७ जेठ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र एबी केयर एण्ड रिहाबिलिटेसन हस्पिटल विन्ध्यवासिनीको संयुक्त आयोजनामा शनिबार हस्पिटल प्राङ्गणमा मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त तथा पिसाब परीक्षण गरिने भएको छ।
सो क्षेत्रमा रहेका अनन्त सामुदायिक सेवा समिति, अर्चलबोट आमा समूह, महिला उपकार समूह, महिमा मैत्री आमा समूह र कामना जागरण महिला समूहको सहआयोजनामा शिविर आयोजना गर्न लागिएको हो।
सामाजिक उत्तरदायित्व वहन गर्दै पोखरा वडा नं १, २ र २६ का स्थानीयवासीलाई लक्षित गरी शिविर हुने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। शिविरमै हुने सचेतना कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. अभिषेक मास्केले मृगौला तथा मधुमेह रोग लाग्नुका कारण, बाच्ने उपाय र निदानका प्रक्रियाबारे प्रकाश पार्नेछन्।