मंसिर १ गते घारीपाटनमा निशुल्क शिविर हुने

पोखरा, २८ कात्तिक

पोखरा १७ का विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब लगायतका संघ, संस्थाको आयोजनामा मंसिर १ गते शनिबार पोखरा १७ घारीपाटन निशुल्क शिविर हुने भएको छ ।

माउन्ट हेवन स्कुल प्रांगणमा हुने शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण सित्तैमा हुनेछ । शिविर शनिबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।

पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।

शिविरका आयोजकमा तीनकुने टोल विकास संस्था, प्रगति टोल विकास संस्था, राधाकृष्ण टोल विकास संस्था, घारीपाटन टोल विकास संस्था, प्रगतिनगर टोल विकास संस्था, घारीपाटन जागृति आमा समूह, घारीपाटन आमा समूह, सक्रिय दलित महिला समूह, अरुणोदय युथ क्लब र फेन्स क्लब छन् ।

सामाजिक उत्तरदायित्व वहन गर्दै टोल टोलमा निशुल्क शिविर गरी सर्वसाधारणसम्म सेवा र चेतना फैलाउन संस्था लागेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । उनले भने, शिविरमा थाइराइड, खराब बोसो लगायतका रोगबारे सचेतना र सित्तैमा जाँच हुने भएकाले सहभागी भएर लाभ लिन आग्रह गर्दछु ।