फूलबारीमा निःशुल्क रक्त परीक्षणको तयारी

पोखरा, ४ फागुन। गिरी कम्प्लेक्स, न्यूरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र फूलबारी क्लब पोखरा–११ को संयुक्त आयोजना आगागी शुक्रबार मधुमेह र मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण हुने भएको छ।

क्लबको रजत महोत्सवको अवसरमा शिविरमा खाली पेट र खानापछि मधुमेह परीक्षण र पिसाबका माध्यमबाट मधुमेह र मृगौलासम्बन्धी परीक्षण हुने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। यो वर्षभरि युआरएलले सुगर वर्षका रुपमा निःशुल्क मधुमेह परीक्षण शिविर आयोजना गरिरहेको छ। फूलबारीमा हुने शिविर १७ औँ हो।
सामाजिक उत्तरदायित्व वहन गर्र्दै र निम्न वर्गमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आयोजित शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट प्रदान गरिने बताइएको छ। शिविरमा पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रका निर्देशक वरिष्ठ फिजिसियन डा. मुकुन्दप्रसाद आचार्यले मधुमेह र मृगौला रोगसम्बन्धी प्रकाश पार्नेछन्।
क्लबको रजत महोत्सवमा वर्षभरि नै शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण क्षेत्रमा विविध कार्यक्रम गरिएको र महोत्सवको औपचारिक समापन फागुन २२ हुने क्लबका अध्यक्ष टुवराज बास्तोलाले जानकारी दिए।