पोखराका प्रयोगशाला र युआरएल

ठाकुरप्रसाद पन्त

स्वाथ्य क्षेत्रका लागि आवश्यक भए पनि पोखरामा करोडौं लगानी गरी प्रयोगशाला सञ्चालन गर्नु कम चुनौतिपूर्ण थिएन। रेफरेन्स ल्याबमा अधिकांश अन्य ल्याबमा नहुने परीक्षण गरिने र अरुबाट सिफारिस भएका परीक्षण गरिन्छ। ‘यस्तो प्रकृतिको ल्याब खोलेर उभो लागिँदैन’ भन्नेहरू पनि थिए। युआरएल पोखरामा स्थापना भएको पहिलो रेफरेन्स ल्याबोरेटरी हो। गर्वको कुरा हामी स्थापनाको दुई वर्षमा नै नेपालमा सबैभन्दा बढी परीक्षण हुने ल्याब बन्न सफल भएका छौं।

url logo
पोखराका विभिन्न अस्पताल, पोलिक्लिनिक र क्लिनिकमा ल्याब सञ्चालन र ल्याब प्राविधिकका रुपमा काम गर्दै आएका अनुभवी लगानीकर्ता र काठमाडौंमा रहेका ल्याबोरेटरीसम्बन्धी विज्ञ सुशील थापाको संलग्नतामा युआरएलको स्थापना भएको हो। संघीय गणतन्त्र नेपालको प्रस्तावित ४ नम्बर प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलमा संसारकै सर्वाेत्वकृष्ट रोस कम्पनीको कोबास इ फोरवानवान प्रविधिबाट इक्लिया पद्धतिबाट रक्त परीक्षण गरिन्छ।
यस ल्याबको स्थापनाले समयमा नै जटिल रोगको पहिचान गरी उपचार पाउने नागरिकको नैसर्गिक अधिकार स्थापनामा पनि सहयोग पुगेको छ। युआरएलले पोखरामा नै थाइराइड, विभिन्न क्याम्सरसम्बन्धी परीक्षण, विभिन्न भिटामिनको परीक्षण, ह्दयघात हुन सक्ने सम्भावनाको परीक्षण(एन्टी प्रो बिएनपी), सरुवा रोगसम्बन्धी एकीन गरिने रक्त परीक्षण, औषधिको लेबल हेर्ने परीक्षण, बाँझोपनसम्बन्धी परीक्षण, विभिन्न हर्माेनको लेबल, खाना तथा वातावरणबाट हुन सक्ने एलर्जीसम्बन्धी परीक्षणसमेत उपलब्ध गराएको छ।
गुणस्तरीय सेवा प्रदानका लागि दक्ष जनशक्ति अपरिहार्य हुन्छ। देशका विभिन्न अस्पताल र प्रयोगशालामा समेत उपचारका क्रममा लापरवाही भएका घटना बेलाबेलामा सार्वजनिक भएका छन्। हामीले त्यस्तो नहोस् भनी प्याथोलोजिष्ट, सम्बन्धित विषयमा स्नातकोत्तर र स्नातक गरेका जनशक्ति राखेका छौं। रगतको नमुना सड्ढलनका लागि ल्याब टेक्निसियनहरू कार्यरत छन्। युआरएलको स्थापनापछि पनि विदेश परीक्षण गर्न पठाउने क्रम पूरै रोकिएको त छैन तर धेरै परीक्षण यही सम्भव भएका छन्।
युआरएलमा विभिन्न विषयगत विभागमा परीक्षण भइरहेका छन्। स्थापनाको दुई वर्षमा नै हामीले इमोनोलोजी, सेरोलोजी, बायोकेमेष्ट्री, हेमाटोलोजी, पारासाइटोलोजी, माइक्रोबायोलोजी, साइटोलोजी र हिस्टोप्याथोलोजी विभागसम्बन्धी सबै परीक्षण गरिरहेका छौं। यो अवधिमा करिव ३५ हजार सेवाग्राहीलाई हामीले सेवा दिएका छौं भने १५ हजार बढी सेवाग्राही आफै रक्त परीक्षणका लागि आएका छन्। यो तथ्याड्ढले यस क्षेत्रका नागरिक आफ्नो स्वास्थ्यको विषयमा निकै संवेदनशील, सजग र सचेत रहेको पुष्टि गर्दछ। यो अवधिमा २० हजार बढी सेवाग्राही विभिन्न अस्पताल, पोलिक्लििनिक, र क्लिनिकमा रहेका प्रयोगशाला र चिकित्सक र मेडिकलको सिफारिसमा आएका छन्।
हामीले प्रयोगशालाबाट केवल नाफा कमाउने उद्देश्य राखेका छैनौं। यही समाजबाट कमाएपछि समाजमा नै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने आदर्शलाई पनि मनन गरेका छौं। विभिन्न संघ, संस्थासँगको सहकार्यमा हालसम्म हामीले पोखरा र आसपासमा गरी १३ स्थानमा निःशुल्क मधुमेह परीक्षण गरिसकेका छौं। यी शिविरबाट करिव पाँच हजार पाँच सयले निःशुल्क सेवा लिइसकेका छन्।
यस्तै, हामीले गरिवीका कारण अध्ययनलाई निरन्तरता दिन कठिन भएका बालबालिकालाई केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने हेतुले पोखरा, पुम्दीभुम्दीको लीला निमाविमा दुई लाखको अक्षयकोष स्थापना गरेका छन्। कोषबाट वर्षेनी गरिब र आर्थिक स्रोतको अभावमा अध्ययनलाई निरन्तरता दिन कठिन भएका विद्यार्थीलाई सहयोग गरिनेछ।
‘स्वास्थ्य नै धन हो’ भन्ने भनाइ नै छ। आर्थिक स्रोत नभएर उपचारबाट नागरिक वञ्चित हुनु नपरोस् भनी हामीले स्थानीय निकायहरू, जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस र कतिपय अवस्थामा आफैले बुझेर पनि सेवा शुल्कमा छुट दिने गरेका छौं। कुल सेवाग्राहीमध्ये करिव २५ प्रतिशतले छुटमा सेवा पाएका छन्।
राजधानी बाहिरको त कुरै छाडौं, काठमाडौंमा पनि केही सम्बेदनशील रक्त परीक्षण भारत र अन्य देश पठाउनु पर्ने अवस्था अहिले पनि विद्यमान छ। यसरी पठाउँदा निकै खर्चिलो हुने र परीक्षणको नतिजा आउन लामो समय प्रतीक्षा गर्नु पर्ने हुन्छ। पोखरा पनि यसबाट अछुतो थिएन। यसैलाई मध्यनगर गरी पोखरामा वैज्ञानिक र उच्चस्तरको ल्याब युआरएलको स्थापना भएको हो।
विदेश पठाउँदा तापक्रममा फरक हुने हुँदा सही रिपार्ट नआउने र ढिलो रिपोर्ट आउँदा उपचारमा कठिनाइ हुने समस्या थियो। स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो। स्वास्थ्य क्षेत्रको पनि अति संवेदनशील प्रयोगशाला सञ्चालकहरू निकै संवेदनशील बन्नै पर्छ। यही संवेदनालाई मध्यनजर गर्दै हामीले प्रयोगशालामा करिब १० लाख लगानी गरी सौर्य उर्जाको व्यवस्था गरेका छौं। विद्युत्मा सालैभर हुने कटौती र पेट्रोलियम पदार्थबाट निकालिने उर्जाले परीक्षणमा केही गडबढी हुन सक्ने भएकाले हामीले यस्तो व्यवस्था गरेका हौं। सेवाग्राहीको सहजताका लागि बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गरिरहेका छौं। यस्तै, साइप्रा २१.१ परीक्षण पनि युआरएलले नेपालमै पहिलो पटक सुरु गरेको छ, जुन परीक्षणबाट फोक्सोमा क्यान्सर भए÷नभएको पत्ता लाग्छ।

युआरएलमा नेपालमै पहिलो पटक हृदयघात हुन सक्ने सम्भावना बारेको परीक्षण एन्टी–प्रो बिएनपी सुरु भएपछि सयौंले यो सेवाबाट लाभ दिएका छन्। दर्जनौंको जीवन जोगिएको छ। धेरैले हृदयघात हुनसक्ने सम्भावना देखिएपछि तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन पाएका छन्। यस्तै विभिन्न क्यान्सर मार्करको परीक्षणबाट क्यान्सरको पनि प्रारम्भिक अवस्थामा नै उपचार गराउने मौका सेवाग्राहीले पाएका छन्।
नेपालको विकास र प्रविधि राजधानी काठमाडौं केन्द्रीत छ। सधैजसो हामी परीक्षणका लागि रगतको नमुना काठमाडौं पठाउँथ्यौं, अझै पनि कतिपय नमुना पठाइरहेका छौं। तर केही नमुना भने राजधानीका ठूला अस्पतालबाट समेत पोखरामा पठाउने क्रम सुरु भएको छ।
अहिले पोखरामा अस्पतालहरु प्रशस्त मात्रामा खुलेका छन्। मेडिकल कलेजहरू पनि बढ्दै छन्। पोखरामा सानाठूला गरी सयौं प्रगोगशाला छन्। युआरएल राष्ट्रिय प्रयोगशाला र जिल्ला जनस्वास्थ्य कार्यालयको अनुगमनपश्चात् राष्ट्रिय प्रयोगशाला र जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा दर्ता भएको छ।
प्रयोगशालाको विषयमा सर्वसाधारणलाई जानकारी दिन हामीले अन्य ल्याबका कर्मचारी र सञ्चालकसँग अन्तरक्र्रिया, प्रचारप्रसार र निःशुल्क शिविरहरु आयोजना ग¥यौं र भविष्मा पनि गर्नेछौं।
देश अहिले इतिहासकै कठिन अवस्थाबाट गुज्रिइरहेको छ। इन्धन, औषधि, खाद्यान्नदेखि सबै कुराको अभाव छ। यस्तो अवस्थामा पनि उपचारमा सहज होस् भनी अझै केही महिनालाई रक्त परीक्षणका लागि पुग्ने केमिकल हामीले सुरक्षित राखेका छन्। दशकौंदेखिको आन्तरिक कलह तथा त्यसबाट सिर्जित विकराल परिस्थितिले नेपालीको जीवन कष्टकर बन्दै गएको छ। यस्तो अवस्थामा सन्तुलित आहारबिहार आम नेपालीका लागि दिवास्वप्नजस्तै भएको छ। अहिले जारी राजनीतिक असझदारीले लामै समय हामीले सास्ती भोग्नु पर्ने सड्ढेत गरेको छ।
नसर्ने रोगहरू सन्तुलित भोजन नपाउनुका अलावा अम्मल सेवन, सचेतनाको अभाव, वंशाणुक्रम, दैनिक जीवनलाई व्यवस्थित बनाउन नसक्दा लाग्छन्। नेपालमा व्यक्तिगत सरसफाइ, स्वस्थ खाना  तथा स्वस्थ्य पिउने पानीको अभावमा विभिन्न सङ्क्रमण बेलाबेलामा फैलिइरहन्छन्। गत वर्ष पनि मध्यपश्चिममा महामारी फैलिएको थियो।
मानिसको स्वास्थ्य सेवा प्रभावकारी बनाउन रोग पत्ता लगाउन चिकित्सकले विभिन्न उपाय अपनाउँछन्। यसका लागि प्रयोगशालाको परीक्षण वैज्ञानिक, भरपर्दाे र सही मानिन्छ। स्वस्थ्य जीवनका लागि आफ्नो स्वस्थ्यका बारेमा चनाखो हुनु पहिलो र सबैभन्दा महत्वपूर्ण शर्त हो।
नेपालमा सरकारी स्वास्थ्य संस्थाको सेवा प्रयाप्त छैन। पछिल्लो क्रममा मुख्यतः देशका सहरी भागमा प्रशस्तै निजी स्वस्थ्य संस्था खुलेका छन्। यही क्रममा असंख्य प्रयोगशाला पनि स्थापना भएका छन् तर तीमध्ये अधिकांश कसैको निगरानीमा छैनन्। त्यहाँ कसरी काम भइरहेको छ, कति शुल्क लिइन्छ, सेवाको स्तर कस्तो छ भन्ने निगरानी निकै कम भएको देखिन्छ। कम पूँजी लगानी गरी धेरै परीक्षण कसरी गर्न सकिन्छ भन्ने होडबाजी चलिरहेको छ। यस्तो अवस्थामा नागरिक, स्वाथ्य संस्था र प्रयोगशालाबारे जानकारी हुँदा–हुँदै आपसी मिलेमतोमा स्वास्थ्य संस्थाहरु सञ्चालन भएको गुनासो कम भएको छैन।
अहिले सबैजसो राम्रा ल्याबोरेटरीको स्थापना भएको र हुँदै गरेको छ। राम्रो ल्याब कसरी पहिचान गर्ने भन्ने कुरा सेवाग्राहीका लागि ठूलो समस्या भएको छ। ल्याबैपिच्छे फरक रिपोर्ट आएका उदाहरण पनि भेटिन्छन्। यसका लागि सेवाग्राहीले थोरै चनासो हुनु जरुरी छ। ल्याबहरू भनेको समयमा खुल्ने र बन्द हुन्छन् कि हुँदैनन्, भनेकै समयमा परीक्षणको नतिजा दिन्छन् कि दिन सक्दैनन् भन्ने बुझ्नु पर्दछ। सरसफाइ, व्यवहारिक ज्ञान, सीप तथा परिष्कृत व्यवहार छ कि छैन भन्नेबाट पनि ल्याबको स्तर थाहा पाउन सकिन्छ।
ल्याब प्राविधिकहरुले भने उपकरण क्यालिब्रेसन गर्ने गरिएका दस्तावेज, विद्युत् अभावमा वैकल्पिक उचित व्यवस्था, प्रमाणित रेफरेन्स सामग्री प्रमाणित हुने किट्स तथा  केमिकल, उपकरण मर्मतको लग बुक आदि निरीक्षण गरी ल्याबको स्तर पत्ता लगाउन सक्छन्।
संसारमा हजारौ प्रकारका परीक्षण गरिन्छन्। नेपालमा तीन सय प्रकारका र भारतमा नौ हजार बढी प्रकारका परीक्षण हुन्छन्। युआरएल यस क्षेत्रलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने प्रयत्नमा छ। यसका लागि हामीले यथासक्य प्रयास गरिरहेका छौं।

(लेखक पन्त युआरएलका प्रबन्ध निर्देशक हुन्।)