कोइरालाको स्वास्थ्यमा चमत्कारै भयो : चिकित्सक

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार आउनुलाई चिकित्सकले ‘चमत्कार’ नै मानेका छन्।
मंगलबार बेलुका ओम अस्पतालमा भर्ना भएका कोइराला बुधबार बिहानदेखि अचेत भएका थिए। उनको स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि बिहीबार दिउँसो भेन्टिलेटरबाट आइसियुमा सारिएको छ।
कोइरालाको होस खुलेका छ। ‘ज्यान बचाउन सकिन्छ भन्ने आशा धेरै न्यून थियो,’ उपचारमा संलग्न चिकित्सक लवनरसिंह केसीले पत्रकार सम्मेलनमा भने, ‘भगवानकै चमत्कार भयो भन्ने हामीले मानेका छौं।’
कोइरालाको स्वास्थ्यमा क्रमश: सुधार हुँदै गएको छ। उनी अब खतरामुक्त छन्। कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा निकै सुधार आएको जोशीले बताए। ‘हिजोको तुलनामा निकै सुधार हुँदै गएकाले भेन्टिलेटरबाट झिकिएको हो,’ जोशीले भने। कोइरालाको रक्तचाप १२०र८०, मुटुको धड्कन ९०र८० छ। कोइराला अहिले होसमा आइसकेको र कुराकानी गरेको पनि अस्पतालले जनाएको छ।